निर्वाचन सुरक्षा कार्ययोजना पेश गर्न सुरक्षा निकायलाई सुरक्षा समितिको निर्देशन

निर्वाचन सुरक्षा कार्ययोजना पेश गर्न सुरक्षा निकायलाई सुरक्षा समितिको निर्देशन

  • बुधबार, माघ १९, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

काठमाडौँ माघ १९ । सुरक्षा समितिको बैठकले आउदो स्थानीय तहको निर्वाचनसम्बन्धी सुरक्षा कार्ययोजना पेस गर्न चारवटै सुरक्षा निकायलाई निर्देशन दिएको छ । गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा आज बसेको बैठकले यस्तो निर्देशन दिएको हो ।
निर्वाचन आयोगले आगामी जेठ ४ गते स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने सुझाव दिए बमोजिम सरकार तत्कालै चुनावको मिति तोक्ने तयारीमा लागेका बेला सुरक्षा सम्बन्धि योजनामा समेत काम अघि बढेको हो ।
बैठकमा गृहसचिव टेकनारायण पाण्डे, नेपाली सेनाका रथी बालकृष्ण कार्की, प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेल सहभागी थिए ।

निर्वाचनको संभावित चूनौतीका बारेमा समेत आज सुरक्षा निकायका तर्फबाट धारणा राखिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ