स्थानीय तहको निर्वाचनको मिति तोक्ने र एमसीसी के गर्ने भन्ने बिषयमा प्रधानमन्त्री शेर बहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच आज पनि छलफल भएको छ । सो छलफलमा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल पनि सहभागी भएका थिए । उहाँहरुबीच यस अघि पनि पटक पटक छलफल भएको थियो ।
यस अघि जेठ ४ मा स्थानीय तहको निर्वाचन गर्न प्रधानमन्त्री देउवाले निर्वाचन आयोगका पदाधीकारीसँगको छलफलमा सहमति जनाएका थिए ।
त्यसपछि एमसीसी तत्कालै संसदमा टेवल गर्नु पर्ने पक्षमा प्रधानमन्त्री अडिग भएपछि दबाबमा आएका प्रचण्ड यसलाई सेटल गरेर कसरी गठबन्धन जोगाउने भन्नेमा प्रचण्ड केन्द्रीत भएर छलफलमा जुटेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline