स्थानीय तह निर्वाचन जेठ पहिलो साता गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गरेका छन्।
प्रधानमन्त्री देउवाले आज बालुवाटारमा आयोगका पदाधिकारीलाई बोलाएर स्थानीय तहको निर्वाचन मिति र तयारीका बारेमा छलफल गरेका हुन्।
प्रधानमन्त्री देउवाले जेठ ४ गते स्थानीय तहको चुनाव गर्ने बताएका छन । आयोगले पनि जेठ ५ भित्र स्थानीय चुनाव गर्न सरकारलाई सुझाव दिएको छ। सत्तारूढ गठबन्धनले जेठभित्रै स्थानीय तह चुनाव गर्ने सहमति गरेका थिए।
०७४ सालमा तीन चरणमा स्थानीय तह चुनाव गरिएको थियो।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline