चुनावको मिति घोषणा गर्न माग गर्दै एमाले निकख अनेरास्ववियुका कार्यकर्ताले सभामुख र सञ्चारमन्त्रीलाई कालो झण्डा देखाएका छन् । सभामुख अग्नी सापकोटालाई सिन्धुपालचोक जाने क्रममा काभ्रेमा कालो झण्डा देखाईएको छ ।
सभामुख सापकोटा सिन्धुपालचोक जान बनेपा पुगेका बेला अखिलका कार्यकर्ताले कालो झण्डा देखाउन थालेपछि प्रहरीले तितरवितर बनाएको थियो ।
यता आज बिहानै क्वार्टरबाट निस्कने क्रममा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई पनि पूलचोकमै उनीहरुले कालो झण्डा देखाएका थिए । कतिपयले मन्त्रीको गाडीमै कालो झण्डा फ्याकेका थिए ।
स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न माग गर्दै एमालेले भातृ संस्थाहरुलाई आन्दोलन गर्न निर्देशन दिएको छ । सोही कार्यक्रम अन्तर्गत कालो झण्डा देखाएको अखिलका नेता कार्यकर्ताको भनाई छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline