प्रदेश १ सरकारमा मन्त्रालयको संख्या ७ बाट १२ पुर्याईयो

प्रदेश १ सरकारमा मन्त्रालयको संख्या ७ बाट १२ पुर्याईयो

  • सोमवार, माघ १७, २०७८
  • मिर्मिरे अनलाइन

  • 3.8K
    SHARES

विराटनगर । गठबन्धनलाई भागवण्डा पुर्याउन प्रदेश १ सरकारले मन्त्रालय फुटाएर १२ वटा बनाएको छ । यस अघि सात वटा मन्त्रालय रहेको थियो ।

मन्त्रिपरिषद् कार्यविभाजन नियमावली पारित गर्ने निर्णयबारे सरकारले औपचारिक जानकारी दिएको छैन ।

स्रोतका अनुसार सरकारले सामाजिक विकास, भूमि व्यवस्था, कृषि तथा सहकारी, भौतिक पूर्वाधार विकास र उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय टुक्र्याएर मन्त्रालय संख्या थप गर्ने निर्णय गरेको छ । यही निर्णय अनुसार अब केही दिनमा मन्त्रीपरिषद् विस्तार हुने छ ।

यो नियमावली संशोधनसँगै प्रदेशमा ५ वटा मन्त्रालय थप हुने भएका छन् । हाल मुख्यमन्त्री कार्यालयसहित ७ मन्त्रालय रहेको प्रदेशमा अब मुख्यमन्त्री कार्यालयसहित अब १२ मन्त्रालय हुनेछन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ