जसपा अध्यक्ष डा. बाबुराम भट्टराई पनि तत्काल एमसीसी पारित गर्नु पर्ने पक्षमा देखिएका छन् । उनले ट्वीटरमा पोष्ट गर्दै तत्काल एमसीसी पारित गरेर प्रतिगमन विरोधी गठबन्धन तोड्न नहुने बताए ।
उनले भनेका छन्, ‘एमसीसी सम्झौतालाई आलटाल नगरी सर्वसम्मतिले संसदबाट पारित गरौं । सबै एकमुख भएर जनतालाई बुझाऔं, यही बहानामा प्रतिगमनविरोधी गठबन्धन नटुटोस् ।’
यदी एमसीसीको बहानामा गठबन्धन टुटे रुढीवादी कम्युनिष्टका लागि यो प्रकरण घाँटीको हाड हुने, देश थप कंगाल हुने र जनसंख्या अझै घट्टे भट्टराईले चेतावनी दिएका छन् ।
उनले यो प्रकरणले शक्तिकेन्द्रहरुको चलखेलबाट देश बर्बाद हुने भन्दै एमसीसी सर्वसम्मत रुपमा पारित गर्नु पर्ने र जनतालाई बुझाउनु पर्नेमा बाबुरामले जोड दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline