माओवादीले यथास्थितिमा एमसीसीको समर्थन नगर्ने, गठबन्धन तोड्ने कुरा प्रधानमन्त्रीले गर्नु भएको छैनः नारायणकाजी श्रेष्ठ

माओवादीले यथास्थितिमा एमसीसीको समर्थन नगर्ने, गठबन्धन तोड्ने कुरा प्रधानमन्त्रीले गर्नु भएको छैनः नारायणकाजी श्रेष्ठ

  • आइतवार, माघ १६, २०७८
  • मिर्मिरे अनलाइन

  • 3.2K
    SHARES

नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले वर्तमान अवस्थामा यथास्थितिमा आफ्नो पार्टीले एमसीसीलाई समर्थन गर्न नसक्ने स्पष्ट पारेका छन् ।

उनले माओवादी राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय हितलाई सर्वोपरि राख्छ र त्यसका निम्ति दृढ रूपमा प्रतिबद्ध छरहेको पनि बताएका छन् ।
सामाजिक सञ्जालमा आफ्नो धारणा राख्ने नेता श्रेष्ठले एमसीसी पारित नहुनासाथ गठबन्धन टुट्छ भनेर प्रधानमन्त्री देउवाले अभिव्यक्ति आजको बिन्दुसम्म नदिएको पनि स्पष्ट पारेका छन् ।
श्रेष्ठले लेखेका छन्, कुनै भ्रममा नपरौँ, प्रम देउवाले एमसिसीसँगको सम्झौता पारित नगरे सत्तारुढ गठबन्धन तोडिन्छ भनेर भन्नुभएको भन्ने सत्य होइन । आजको बिन्दुसम्म उहाँले त्यसो भन्नुभएको छैन । गठबन्धनमा एमसिसी कम्प्याक्ट सम्झौता पारित गर्ने सहमति भयो भन्ने कुरा पनि सत्य होइन । कमसेकम हाम्रो पार्टी यथास्थितिमा त्यसको पक्षमा छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ