कट्टेल जसको मुद्धाबाट सत्तारुढ नेकपा फुटेको थियो, तिनैलाई आफ्नै पार्टीले साधारण सदस्य समेत राखेन

कट्टेल जसको मुद्धाबाट सत्तारुढ नेकपा फुटेको थियो, तिनैलाई आफ्नै पार्टीले साधारण सदस्य समेत राखेन

  • आइतवार, माघ १६, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

आफ्नो पार्टीको नामसँग जुधmाएको भन्दै सर्वोच्च अदालतमा एमाले र माओवादी मिलेर बनेको नेकपा बिरुद्ध मुद्धा हालेका नेकपाका ऋषि कट्टेल आफ्नै पार्टीबाट निष्कासित भएका छन् । उनलाई पार्टी अहितमा काम गरेको आरोपमा साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको विज्ञप्तिमा उल्लेख छ । उनको मुद्धाका कारण नै सर्वोच्चले एमाले र माओवादी ब्युताउने फैसला गरेको थियो ।
सो पार्टीका कार्यवाहक अध्यक्ष तथा एकताको राष्ट्रिय सम्मेलन तयारी समितिका संयोजक लोकनारायण सुवेदीले एक विज्ञप्ति जारी गरी दलको विधान २०६९, राजनीतिक दलसम्बन्धी ऐन २०७३ र नेपालको संविधान विपरित कट्टेलले दलको अहितमा काम गरेको र त्यसका लागि जाँचबुझ गर्न गठन गरिएको समितिको सिफारिसका आधारमा उनलाई निष्कासित गरिएको बताएका छन् ।
सो पार्टीको केन्द्रीय समिति बैठकले माघ ५ गते जाँचबुझ समिति गठन गरी कट्टेललाई स्पष्टीकरण सोधेको थियो । उनले सो निर्देशन अनुसार स्पष्टीकरण सोधेका थिएनन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ