काठमाडौँ माघ १५ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेर बहादुर देउवा चुनाव सम्मै गठबन्धन कायम राख्ने पक्षमा रहेको बताएका छन् । काँग्रेसका अन्य नेता पनि गठबन्धनकै पक्षमा रहेको नेपालको दाबी छ । काँग्रेसका नेताहरुले आजै पनि चुनाव सम्मै गठबन्धन राख्नु पर्ने बताएको उनले बताए ।
सत्तारुढ गठबन्धन जुनसुकै मितिमा पनि चुनावको सामना गर्न तयार रहेको नेपालको भनाई छ ।
निजामति कर्मचारी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता नेपालले गठबन्धनको शक्तिसँग डराएका दक्षिणपन्थी शक्तिहरू भने चुनावसँग आत्तिएर भ्रम छर्न थालेका आरोप लगाए ।
बैशाखमै चुनाव भए पनि आफूहरुलाई कुनै फरक नपर्ने बताउदै चुनावको मिति छिट्टै घोषणा हुने अध्यक्ष नेपालले बताए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline