नेपाली कांग्रेसले आज ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ।
आज भर्चुअल बैठकले उक्त समिति गठन गरेको हो । सभापति शेरबहादुर देउवासहित पदाधिकारी र शीर्ष नेताहरू रहेको कार्यसम्पादन समिति बनाइएको छ। कांग्रेसमा १३ जना पदाधिकारी छन् । यी मध्य कोषाध्यक्ष चयन हुन बाँकी छ ।
कार्यसम्पादन समितिमा रामचन्द्र पौडेल, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, शशांक कोइराला, चित्रलेखा यादव, रामशरण महत, अर्जुननरसिंह केसी, प्रकाशशरण महत, सुनिलबहादुर थापा सदस्य छन्।
साथै शेखर कोइराला, बलबहादुर केसी, बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की, उमा रेग्मी, रमेश रिजाल, नारायण खड्का, जिपछिरिङ लामा, सुजाता कोइराला, एनपी साउद, जीवनबहादुर शाही र आनन्द ढुंगाना कार्यसम्पादन समिति सदस्य छन्।
कांग्रेस विधानअनुसार ४५ सदस्यीय कार्यसम्पादन समिति गठन गर्न सकिने व्यवस्था छ।