माघ १४ काठमाडौँ । प्रधानमन्त्री शेर बहादुर देउवा , माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा भएको भेटमा स्थानीय तहको निर्वाचनका बिषयमा केन्द्रीत भएर छलफल भएको बताईएको छ ।
शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ गठबन्धनका तीन शीर्ष नेताबीच चुनाव, ऐन संशोधन र समसामयिक राजनीतिका विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।
अहिले सरकारलाई स्थानीय तहको निर्वाचनको मिति तत्काल तोक्न निर्वाचन आयोग र प्रतिपक्षीबाट दबाब बढ्दै गएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline