पाँच सय कुखुराका चल्ला किन्दा समेत कमिसन माग्ने सरकारी हाकिम, छानविन शुरु

पाँच सय कुखुराका चल्ला किन्दा समेत कमिसन माग्ने सरकारी हाकिम, छानविन शुरु

  • शुक्रबार, माघ १४, २०७८
  • मिर्मिरे अनलाइन

  • 12.8K
    SHARES

पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित जोगिडाब्रेमा रहेको सेती प्राविधिक शिक्षालयका प्रमुख वीरेन्द्रबाबु यादवमाथि छानविन सुरु भएको छ ।

कुखुरा व्यवसायीसँग रकम माग गरेको अडियो सार्वजनिक भएपछि उहाँमाथि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले छानविन सुरु गरेको सेती प्राविधिक शिक्षालयका शिक्षक तीर्थराज अवस्थीले जानकारी दिनुभयो ।

शिक्षालय प्रमुख यादवलाई परिषद्ले जिम्मेवारीबाट समेत हटाएको छ । छानविन सुरु भएकाले उहाँलाई शिक्षालयको प्रमुखबाट हटाएको बताइएको छ । यहाँ अध्ययनरत विद्यार्थीलाई कुखुरापालनबारे सिकाउन शिक्षालयले ५०० चल्ला खरिद गरेको थियो ।
कुखुराका चल्ला पठाउने व्यवसायीसँग फोनमा कमिशन मागेको अडियो सार्वजनिक भएपछि उहाँमाथि छानविन सुरु भएको हो ।
शिक्षालयमा उहाँले पेन्टिङ, मसलन्द, भवन निर्माण, पेट्रोलियम पदार्थ, गाडी मर्मत, विद्यार्थी भर्ना, विद्यार्थी परिचयपत्र र पोशाकमा समेत आर्थिक अनियमितता गरेको आरोप लागेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी