कोरोना संक्रमित एमाले अध्यक्ष ओली सार्वजनिक कार्यक्रममा, कोरोना प्रोटोकल उलंघन !

कोरोना संक्रमित एमाले अध्यक्ष ओली सार्वजनिक कार्यक्रममा, कोरोना प्रोटोकल उलंघन !

  • बिहिबार, माघ १३, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

आफू प्रधानमन्त्री भएका बेला कोरोना आशिंक रुपमा देखा पर्दा नपर्दै महिनौ सम्म लकडाउन गरेका एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिले आफै कोरोना संक्रमित भएका बेला स्वास्थ्य मापदण्ड र सरकारी आदेश विपरीत सार्वजनिक कार्यक्रममा सहभागी भएको पाईएको छ । माघ ११ गते अध्यक्ष ओली संक्रमित भएको पार्टीले विज्ञप्ति नै निकालेर जानकारी दिएको थियो । त्यसको भोलीपल्टै हिजो बालकोटमा एमालेको युवा संघले गरेको रक्तदान कार्यक्रममा ओली उपस्थित भएका थिए । सो बेला उनले युवा संघका अध्यक्ष महेश बस्नेतको हातबाट उपहार समेत लिएको देखिन्छ ।
जिल्ला प्रशासन कार्यलयले भेला, सम्मेलन, सभा जुलुश नगर्न भनिरहेका बेला प्रतिपक्षी दलका नेता नै कोरोना प्रोटोकलको उलंघन गर्दै सार्वजनिक कार्यक्रममा हिँडेको खबर सार्वजनिक भएपछि आलोचना भईरहेको छ । कोरोना प्रोटोकल अनुसार संक्रमित व्यक्तिले कम्तीमा सात देखि १४ दिन सम्म आईसोलेसन ( एकान्तवासमा) बस्नु पर्दछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ