केही दिन अघि रौतहटमा सिके राउतका कार्यकर्ताले बाटोमा अवरोध गरेपछि आक्रोसमा रौतहट काण्ड दोहोरिने चेतावनी दिएकी भौतिक पुर्वाधार तथा यातायात मन्त्री रेणु यादव विरुद्ध काँग्रेस नेता रञ्जित कर्णले उजुरी दिएका छन् । उनले दंगा भड्काउने अभिव्यक्ति दिने मन्त्री बिरुद्ध कार्बाहीको मा गर्दे जाहेरी हालेका हुन् ।
उनले जिल्ला प्रहरी कार्यालय रौतहटमा मुलुकी अपराध संहिता ०७४ बमोजिमको अपराध भएको भन्दै दफा ५ -ग- बमोजिमको कैद र जरिवाना गर्न माग गर्दै विहीबार जाहेरी दिएका छन् ।
उनले विहीबारै सप्तरकिा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतममार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाउँदै मन्त्री यादवलाई पदबाट बर्खास्त गर्न माग गरेका छन् ।
मन्त्री यादवले यस अघि नै कुनै पनि व्यक्ति लक्षित अभिव्यक्ति आफूले नदिएको स्प्ष्ट पारेकी छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline