प्रमुख प्रतिपक्षी दल नेकपा एमाले प्रतिनिधि सभाको सबै भन्दा ठूलो दल हो । राष्ट्रिय सभाको उपनिर्वाचन र निर्वाचनमा उसले क्रमशः आफ्नो सिट गुमाउदै गएको छ । हिजो देशभर भएको राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धनका उम्मेद्धारहरु धेरै जसोले जिते पनि प्रदेश १ मा अन्तरघातका कारण गठबन्धनको एक जना पराजीत भए ।
जहाँ एमालेका ग्याल्जेन शेर्पाले एक सिट सुरक्षित पारे । उनले गठबन्धन भित्रको अन्तरघातको परिणाम स्वरुप जिते । तर एमाले भित्रकै अन्तरघातका कारण गुरु बराल पनि गोलाप्रथाबाट पराजीत भए ।
यससँगै राष्ट्रियसभामा कांग्रेसले ३, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपाले १र१ सिट बढाएका छन्। निर्वाचन आयोगको तथ्यांकअनुसार माओवादी केन्द्रले १५, कांग्रेसले १० र एकीकृत समाजवादीले ८, जसपाले ३ सिट पुर्याएका छन्।
यस्तै, राष्ट्रियसभामा जनमोर्चाको प्रवेश भएको छ। यद्यपि, पहिलो ठूलो दल भने एमाले नै कायम रहेको। उसको १७ सिट छ।
तर पाँच दलीय गठबन्धन कायम रहेका कारण एमाले अप्ठ्यारो स्थितिमा भने रहेको छ ।