हिंसात्मक गतिविधि गरेपछि सिके राउत विरुद्ध सरकार गंभीर बन्दै

हिंसात्मक गतिविधि गरेपछि सिके राउत विरुद्ध सरकार गंभीर बन्दै

  • बिहिबार, माघ १३, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

तराईका विभिन्न जिल्लामा हिंसात्मक स्वरुपको गतिविधि गर्न थालेको भन्दै सिके राउतको पार्टी विरुद्ध सरकारले चासो देखाएको छ । हिजो राष्ट्रिय सभाको निर्वाचनको दिन सिके राउतका कार्यकर्ताले जनकपुरमा सरकारी गाडीहरु तोडफोड गर्नुका साथै महोत्तरीमा चिकित्सकमाथिनै हमला गरेका थिए । उनीहरुले सर्लाहीका मेयर चढेको गाडी फुटाउदा जनप्रतिनिधि नै घाईते भएका थिए ।
किशान आन्दोलनका नाममा बाँसका भाडा लिएर आक्रमणमै उत्रिन थालेपछि मधेश प्रदेश सरकारले पनि गंभीर ध्यानाकर्षण भएको विज्ञप्ति नै जारी गरेको छ ।
गृहका अधिकारी पनि राउतको पछिल्लो गतिविधिको सुक्ष्म विष्लेषणमा रहेको स्रोतको दाबी छ ।

मधेश प्रदेश सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्रप्रशाद साहले बुधबार बेलुकी प्रेस विज्ञप्ती जारी गरी राष्ट्रियसभा निर्वाचनका लागि मतदान गर्न जनकपुरधाम आएका जनप्रतिनिधिका सवारी साधनमा गरिएको तोडफोड एवं हिंसाजन्य गतिविधिप्रति प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

पूर्व घोषित विरोधका कार्यक्रम नरहेको अवस्थामा पनि जनमत पार्टीका कार्यकर्ताले प्रदेशसभा सदस्य अशोक यादव, हरिवन नगरपालिकाका प्रमुख, उपप्रमुख, जलेश्वर अस्पतालका मेसु डा सतिश साहलगायतका सवारी साधन तोडफोड गर्नाका साथै सांघातिक आक्रमण गरेको घटनाको वास्तविक छानविन गरी सम्बन्धित जनप्रतिनिधि एवम् चिकित्सकलाई क्षतिपूर्ति उपलब्ध गराउन एवं दोषी उपर कारवाही गर्न तालुक निकायलाई निर्देशित गरिएको विज्ञप्तीमा उल्लेख छ ।

घाइतेको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै लोकतान्त्रिक मूल्य र मान्यतामा विश्वास राखी अहिंसात्मक तवरबाट आफ्नो विचार एवं अभिमत प्रकट गर्नसमेत उनले आग्रह गरेका छन् ।

यसैबीच मधेश प्रदेशमा राष्ट्रियसभाको निर्वाचन बिथोल्न खोजेको आरोपमा जनकपुरधामबाट पक्राउ परेका जनमत पार्टीका सात कार्यकर्तामाथि प्रहरीले कानुनी कारवाही अघि बढाउने भएको छ । जनमतका कार्यकर्ताहरुले किसान आन्दोलनको नाउँमा बाँसको भाटासहित मतदान स्थलमा प्रवेश गर्न खोज्दा प्रहरीसँग झडप भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ