राष्ट्रिय सभाको निर्वाचनको मत परिणाम आजै सार्वजनिक हुने

राष्ट्रिय सभाको निर्वाचनको मत परिणाम आजै सार्वजनिक हुने

  • बुधबार, माघ १२, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको मत परिणाम आजै सार्वजनिक गर्ने तयारी गरेको छ ।
आयोगको कार्यतालिका अनुसार १९ पदका लागि सातै प्रदेशमा दिउँसो ३ बजेसम्म निर्वाचन हुनेछ । त्यसपछि आजै गणना गरेर परिणाम सार्वजनिक गरिने आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले कुनै अवरोध नआए आज रातिसम्म अन्तिम नतिजा आइसक्ने जानकारी दिए । अहिले सात वटै प्रदेशमा मतदान भईरहेको छ ।
राष्ट्रिय सभा निर्वाचनमा २ हजार २५ मतदाताले भोट खसाल्नेछन् । प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता रहने व्यवस्था रहेको छ । उनीहरूको मतभार क्रमशः १ भोट बराबर ४८ र १८ रहेको छ ।
राष्ट्रियसभाको १९ जना सदस्यका लागि ४३ जनाले उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । सत्तारुढ ५ दलीय गठबन्धनबीच सबै सिटमा चुनावी तालमेल भएको छ भने मधेस प्रदेशमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीबीच तालमेल भएको छ ।
गठबन्धनमा १९ सिटमध्ये काँग्रेसले ६, नेकपा माओवादी केन्द्रले र नेकपा एसले ५ ५, जनता समाजवादी पार्टीले २ र राष्ट्रिय जनमोर्चाले १ सीट उम्मेदवार खडा गरेको छ ।
सबै प्रदेशमा गठबन्धनको उम्मेद्धारले बिजय हात पार्ने संभावना बढी रहेको अनुमान गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ