को बन्ला माओवादी महासचिव ? वर्षमान र जनार्दन शर्मामा एकले बाजी मार्ने संभावना

को बन्ला माओवादी महासचिव ? वर्षमान र जनार्दन शर्मामा एकले बाजी मार्ने संभावना

  • मङ्लबार, माघ ११, २०७८
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

महिनौ लामो उपचार पछि माओवादी केन्द्रका नेता वर्षमान पुनः सोमबार साँझ स्वदेश फर्किएका छन् । यस क्रममा उनले विमानस्थलमै पत्रकार सम्मेलनमा पार्टी महासचिवमा आफ्नो दावी स्वभाविक भएको सार्वजनिक गर्दै आकांक्षा सार्वजनिक गरेका छन् ।
उता अर्थमन्त्री जनार्दन शर्मा पनि माओवादी महासचिवका दावेदार हुन् । यस अघि पुष ११ देखि प्रज्ञा भवनमा भएको आठाँै महाधिवेशनले केन्द्रीय समिति मात्रै निर्वाचित गरेर पदाधीकारी चयन थाँती राखेको थियो ।
वर्षमान पुनः आएपछि मात्रै महासचिव चयन गर्ने प्रचण्डले बताएका थिए । अब पुनः आईपुगेकाले बहुपदाधीकारी संरचनामा रहेको माओवादीले पुनः र शर्मा मध्य एक जनालाई महासचिव बनाएर अन्य पदहरुमा अरु नेतालाई व्यवस्थापन गर्ने संभावना देखिएको छ ।
स्रोतका अनुसार वर्षमान र जनार्दनका पक्षमा लविङ उनीहरु पक्षीय नेताहरुले गरीरहेका छन् । अन्ततः अध्यक्ष प्रचण्डले दुई मध्य एकलाई महासचिव प्रस्ताव गर्ने र केन्द्रीय समितिले त्यसलाई अनुमोदन गर्ने संभावना रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ