सर्वदलीय बैठक अनिश्चित, त्यसअघि विज्ञसँग परामर्श गरिने

सर्वदलीय बैठक अनिश्चित, त्यसअघि विज्ञसँग परामर्श गरिने

  • शनिबार, माघ ८, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

काठमाडौं, ८ माघ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले आज शनिबार बिहान डाकेकाे सर्वदलीय बैठक अनिश्चित बनेकाे छ ।  प्रधानमन्त्रीकाे निजी सचिवालयले बिहान ९ बजे प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा सर्वदलीय बैठक बस्ने जानकारी शुक्रबार दिएकाे थियाे ।

तर बिहान सवा १० बज्दा पनि बैठक बसेकाे छैन । एकमन्त्रीका अनुसार स्थानीय तहकाे निवार्चनबारे संवैधानिक र कानुनी जटिलता के कस्ता छन् भनेर विज्ञसँग परामर्श गरेर सर्वदलीय बैठक बस्ने भएकाे हाे ।

सत्तारुढ पाँ दल सम्मिलित राजनीतिक समन्वय समितिको बैठकमा नेकपा माओवादी र एकीकृत समाजवादीले स्थानीय तहभन्दा पहिले संघकाे निर्वाचन गर्नुपर्ने धारणा राखेका थिए भने त्यसयता मंसिरमा तीन तहकै निर्वाचनबारे छलफल भइरहेकाे छ ।

तर संविधान र कानुन अनुसार स्थानीय तह जनप्रतिनिधिविहीन बनाउन मिल्दैन । त्यसका लागि वैशाखमा चुनावका लागि मिति ताेक्न निर्वाचन आयाेगले सरकारलाई सिफारिस गरिसकेकाे छ ।

तर, गठबन्धन भने स्थानीय तहको निर्वाचनसम्बन्धी कानुनमा बाझिएको दाबी गर्दै आएकाे छ ।  याे विषयमा विज्ञसँग छलफलमार्फत समाधान गर्ने गरिने भएकाे हाे ।

प्रमुख प्रतिपक्ष एमालेले संघकाे निर्वाचन पहिले कि स्थानीय तहकाे निर्वाचन भनेर टिप्पणी गरेकाे छैन । तर स्थानीय तहकाे निर्वाचन वैशाखमै हुनुपर्ने अडान राख्दै आएकाे छ । सर्वदलीय बैठकबारे जानकारी प्राप्त नभएकाे बताएकाे एमालेले शनिबार बिहान भनेकाे छ -स्थानीय तहको निर्वाचन आगामी जेठ महिनाभन्दा पर धकेल्ने कुनै पनि कार्यमा एमालेको किमार्थ सहमति नहुने धारणा स्पष्ट नै छ ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ