ललितपुर, ७ माघ । कसमस ईन्जिनियरीगं कलेजमा चार वर्षे कोर्स पूरा गरेका एक विद्यार्थीको सातदोवाटो स्थित द रोयल ब्वाईज होस्टलमा शंकास्पद मृत्यु भएको छ । सप्तरी रुपनीका २५ वर्षे शरद यादव सो होस्टेलमा बुधबार साथीले बोलाएर गएको र बिहिबार करीब ११ बजेतिर परिवारका सदस्यलाई यादवसँगै बसेका साथीले मृत्यु भएको खबर गरेका थिए ।
सो खबर पाए लगत्तै सप्तरीबाट मृृतक यादवका बुवा हुलास यादव सहित आफन्तहरु होस्टलमा आज बिहान आईपुगेका छन् ।
अहिले सम्म सो शब उठाईएको छैन । यो मृत्यु शंकास्पद भएको आफन्तको दाबी छ । अहिले घटनास्थलमा सातदोवाटो प्रहरी कार्यलयका डिएसपी दीनेश घिमिरेको नेतृत्वमा प्रहरी पुगेर अनुसन्धान गरी शब उठाउने प्रकृया थालेको बुझिएको छ ।
मृतक युवाको परिवार आईनपुगेका घटनास्थलबाट शव नउठाएको जिल्ला प्रहरी कार्यालयका एसपि शिद्धि विक्रम शाहले जानकारी दिए । हिजो देखि ने प्रहरी टोली घटनास्थलमा नै रहेको र आफन्त आएपछि पोष्टमार्टमका लागि लैजाने बताए । शवको प्रकृति हेदा कुनै चोटपटक नरहेकोले पोष्टमार्टम पछि मात्रै केहि भन्न सकिने उनले बताएका छन् ।
घटनाबारे थप विवरण आउन बाकीँ छ ।