राष्ट्रिय सभा निर्वाचनमा एमाले र लोसपाबीच गठबन्धन गर्ने सहमति

राष्ट्रिय सभा निर्वाचनमा एमाले र लोसपाबीच गठबन्धन गर्ने सहमति

  • बिहिबार, माघ ६, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

जनकपुरधाम, ६ माघ । मधेश प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचनमा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच गठबन्धन बनेको छ ।

एमले० मधेश प्रदेश कमिटी अध्यक्ष राम औतार यादव र लोसपा मधेश प्रदेश समिति अध्यक्ष जितेन्द्र सोनलले संयुक्त रुपमा विज्ञप्ति जारी गरेर आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा दुवै पार्टीबीच गठबन्धन बनेको जानकारी दिएका हुन् ।

उनीहरूका अनुसार एमालेका उम्मेदवार उसमान अंसारी ९सूर्य छाप० र महिलातर्फ लोसपाका उम्मेदवार रुपाकुमारी यादव ९साईकल छाप० लाई मतदान गर्ने सहमति भएको छ ।

राष्ट्रिय सभा सदस्यको निर्वाचन यही १२ माघमा निर्वाचन हुँदै छ ।

संयुक्त विज्ञप्ति

२०७८ माघ १२ गते संपन्न हुन गइरहेको राष्ट्रिय सभाको निर्वाचनमा मधेश प्रदेश का भावनालाई मध्यनजर राख्दै नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल बिचमा सहमति भएको छ । सो सहमतिअनुसार अन्यतर्फ नेकपा एमालेका उम्मेदवार उसमान अंसारी -सूर्य छाप- र महिलातर्फ लोकतान्त्रिक पार्टी नेपालका उम्मेदवार रुपा कुमारी यादव ९साईकल छाप० लाई मतदान गर्न राष्ट्रिय सभाका मतदाता, नेता तथा कार्यकर्ताहरू, सम्पुर्ण समर्थक सुभेच्छकहरूका साथै सर्वसाधारण सबैमा अपिलका साथै जानकारीको लागि यो सयुक्त प्रेस बक्तव्य जारि गरिएको छ।

Avatar

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ