काठमाडौं । जनता समाजवादी पार्टी की नेतृ तथा संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले सिके राउतलाई रौतहटमा जथाभावी गतिविधि नगर्न चेतावनी दिँदै गौर घटना दोहोरीने धम्की दिएकी छन् ।
बुधबार रौतहट सदरमुकाम गौरमा बलिदानी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यादवले गौर एैतिहासिक किल्ला भन्दै त्याँहा तुफानसँग टकराए जनताले गौर नरसंहार पुनः दोहोर्याउने धम्की दिएकी हुन् ।
गौर काःण्ड भएकै राइस मिलमा जनताले घेरेर सिके राउतलाई मारिदिने मन्त्री यादवको धम्की छ । यो भिडियो स्वयं सिके राउतको सचिवालय नामको फेसबुक एकाउन्टमा समेत पोष्ट गरिएको छ ।
हिन्दी भाषामा भाषण गर्दै मन्त्री यादवले, तुफानसँग टकराउने प्रयास गर्यो भने त्यहि हालत हुन्छ । जुन गौरको राइस मिलमा भएको थियो । त्यो इतिहासलाई राउतले नभुलुन् । नत्र तपाइँको कार्यकर्ता मारिन्छन् र तपाइलाई पनि घेराबन्दी गरेर मारिदिन्छन्। हःत्या हुन्छ ।” भनिन् ।
मन्त्री यादवलाई कार्यक्रममा जान सिके राउतका कार्यकर्ताले अवरोध गरेको झाँेकमा उनले यस्तो अभिव्यक्ति दिएको अनुमान गरिएको छ ।
७ चैत २०६३ को दिन गौरको राइस मिलमा तत्कालीन माओवादी समर्थित मधेसी राष्ट्रिय मुक्ति मोर्चा र उपेन्द्र यादवले नेतृत्व गरेको तत्कालीन मधेसी जनअधिकार फोरमले एकै स्थानमा छुट्टा छुट्टै मञ्च बनाएर कार्यक्रम गरेका थिए।
कार्यक्रम गर्ने विषयमा विवाद हुँदा भएको झडपमा २७ जना माओवादी नेता कार्यकर्ता मारिएको गौर नरसंहारको मुद्धामा अझै पनि सबै दोषीहरुमाथि कार्बाही हुन सकेको छैन ।
https://www.facebook.com/drckraut/videos/982332769301598