नेपालमा संघीयता कार्यन्वयनमा आएपछि बनेको प्रदेश दुईले बल्ल आफ्नो नाम र राजधानी टुंगो लगाएको छ । आज सभामा भएको मतदानमा दुई तिहाईले प्रदेशको नाम र राजधानी टुंगो लागेको हो । यो सँगै अब प्रदेश दुईृको नाम मधेश प्रदेश र राजधानी जनकपुर रहनेछ ।
यस अघि ६ वटा प्रदेशको नाम र राजधानी टुंिगसकेको छ भने प्रदेश १ को नाम टुंगो लगाउन बाँकी रहेको छ ।
प्रदेशसभाको सोमबार बसेको बैठकले प्रदेश २ ‘मधेश प्रदेश’ नामलाई दुई तिहाइ बहुमतले पारित गरेको छ ।
प्रदेशसभाको बैठकमा भएको मतदानमा मधेश प्रदेशको पक्षमा ८० मत परेको हो । जुन दुई तिहाइ बहुमत हो ।
१०४ सदस्यीय प्रदेशसभामा सोमबार भएको मतदानमा ९९ मत खसेको थियो ।
साथै यसअघि सोमबार नै प्रदेशसभाले प्रदेशको राजधानी जनकपुरलाई पारित गरेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline