जसपा पर्सा अध्यक्ष यादवले पार्टी सम्हाल्न नसकेको भन्दै अब्दुल रहिम अन्सारीको नेतृत्वमा तदर्थ अध्यक्ष चयन

जसपा पर्सा अध्यक्ष यादवले पार्टी सम्हाल्न नसकेको भन्दै अब्दुल रहिम अन्सारीको नेतृत्वमा तदर्थ अध्यक्ष चयन

  • सोमवार, माघ ३, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

सत्तारुढ गठबन्धनमा आवद्ध रहेको जनता समाजवादी पार्टीको पर्सा जिल्ला अध्यक्ष राम नरेश यादवले जिल्ला पार्टी सञ्चालन गर्न नसकेको, बैठकहरु नराखेको र जिल्लामा निर्वाचित जनप्रतिनिधिहरु अन्य पार्टीतिर पलायन भईरहेको भन्दै बहुसंख्यक जिल्ला सदस्यहरुले यादवलाई हटाएर अब्दुल रहिम अन्सारीलाई तदर्थ अध्यक्ष चयन गरेको छ । यादव तीन वर्षदेखि अध्यक्ष रहँदै आएका थिए । उनले पार्टी सञ्चालनमा ध्यान नदिएको, पार्टीलाई कमजोर बनाएको, जिल्लाबाट निर्वाचित जनप्रतिनिधिहरुलाई बैठकमा नबोलाई मानमर्दन गरेको, एकलौटी निर्णय गर्ने गरेको जस्ता आरोप लगाँउदै नयाँ तदर्थ समिति बनाईएको विज्ञप्तिमा उल्लेख छ ।
जिल्ला कार्यसमितिका उपाध्यक्ष वासुदेव यादवको अध्यक्षतामा बिशेष परिस्थितिको बैठक बसी प्रदेश सांसद समेत रहेका अन्सारीको अध्यक्षतामा नयाँ समिति बनाईएको हो । यसमा जिल्लाका बहुसंख्यक कार्यसमिति सदस्यको सर्वसम्मत समर्थन र हस्ताक्षर रहेको छ ।
पार्टी केन्द्रीय र प्रदेश अध्यक्षलाई ध्यानाकर्षण गराँउदा समेत कुनै वास्ता नभएको विज्ञप्तिमा दाबी गरिएको छ । विज्ञप्ति सँगै माईन्युट र हस्ताक्षर पनि सार्वजनिक गरिएको छ । विस्तृतमा हेर्नुहोस् ।

https://www.mirmireonline.com/wp-content/uploads/2022/01/img157.pdfimg157

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ