राजदरबारको ऐतिहासिक बंकरलाई रक्सी खाने थलो बनाउने भन्दै प्रेम आले नारायण हिटीमा आक्रोशित बने

राजदरबारको ऐतिहासिक बंकरलाई रक्सी खाने थलो बनाउने भन्दै प्रेम आले नारायण हिटीमा आक्रोशित बने

  • आइतवार, माघ २, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

काठमाडौं, २ माघ । पर्यटन मन्त्री प्रेम आलेले नारायणहिटी दरबार जस्तो ऐतिहासिक पुरातात्विक महत्वको सम्पदालाई रक्सी खाने रेष्टुरेन्टमा बदल्न खोजेको भन्दै आक्रोश पोखेका छन् ।
आज नारायणहिटी संग्राहलयको अनुगमनका क्रममा उनले आक्रोश व्यक्त गर्दै राजदरबारको ऐतिहासिक बंकरलाई रक्सी खाने थलाउ बनाउन लागिएको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।
बतास समुहले बनाईरहेको रेष्टुरेन्ट मन्त्री आलेकै निर्देशनमा भत्काईसकिएको छ ।
मन्त्री आलेले पूर्व पर्यटनमन्त्री योगेश भट्टराईलाई लक्षित गर्दै भने, यदी उहाँ अहिले आएर हेर्नु भयो भने यसलाई कफि सप नै देख्नु हुन्छ होला ” ।
मन्त्री आलेले छानविन समितिको प्रतिवेदन अनुसार जोसुकैलाई पनि कार्बाही हुने बताए ।
दरबार भित्र बन्न लागेको रेष्टुरेन्टको संरचना भत्काउदै सम्झौता रद्ध गरिदिएपछि पर्यटनमन्त्री आले यतिबेला स्यावासी कमाईरहेका छन् ।

यस अघि उनले आजै पशुपतिको धर्मशालाको पनि निरीक्षण गरेका थिए । सो बेला मन्त्री प्रेम आलेले पशुपतिनाथ क्षेत्र परिसरमा बनाइएको धर्मशाला देखेर आफू ‘सक’ भएको बताएका छन् ।

छानबिन समितिका सदस्य, पशुपति क्षेत्र विकास कोषका पदाधिकारीसहित पशुपति क्षेत्रमा आइतबार बतास अर्गनाइजेशनले व्यवस्थापनको जिम्मेवारी लिएको धर्मशालाको निरीक्षणपछि मन्त्री आलेले धर्मशाला त सेभेन स्टार होटेलजस्तो देखेर आफू सक भएको बताएका हुन् ।

छानबिन समितिले सोमबार प्रतिवेदन बुझाएपछि सबै सत्यतथ्य बाहिर ल्याउन बताएका मन्त्री आलेले धर्मशालामा सस्तो र सर्वसुलभ हुनुपर्नेमा एउटा कोठामा एक जना बस्दा पाँच हजार ५०० र दुई जना बस्दा ११ हजार रुपैयाँ लिने गरिएको देखिएको बताए ।

आफूले राजनीतिक प्रतिशोध कसैमा नसाँधेको बताएका उनले जोसुकैले गलत गरेको भए पनि कारबाही गरेरै छाड्ने प्रतिबद्धता जनाए ।
यसै गरी उनले आजै नारायणहिटी दरबार संग्राहलयमा पुगेर बतास समुहले निर्माण गरेको

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ