सरकारले नेपाली जनताका तर्फबाट अफगानिस्तानका नागरिकहरुका लागि मानवीय सहायता सामग्री पठाउने भएको छ ।
आइतबार बिहान हिमालय एअरलाइन्सको विशेष विमानबाट औषधिलगायत सहायता सामग्री काबुल पठाइने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
विमानस्थलमा भोलि हुने पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री डा नारायण खड्काले मानवीय सहायता सम्बन्धमा विस्तृत जानकारी दिनेछन् ।
तालेवान विद्रोहीले सत्ता कब्जा गरेपछि त्याहाँ ठूलो मानवीय संकट पैदा भएको छ । लाखाँै बालबालिका सहित नागरिकहरु भोकमरीको शिकार भईरहेको बताईएको छ ।
नेपालले औषधी, लत्ताकपडा सहितका सामाग्रीहरु लिएर जानेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline