स्वास्थ्य मापदण्ड पालना गरी माघी पर्व मनाउन प्रचण्डको अपिल

स्वास्थ्य मापदण्ड पालना गरी माघी पर्व मनाउन प्रचण्डको अपिल

  • शनिबार, माघ १, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

काठमाडौं, १ माघ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुले एउटै पर्वलाई पनि भिन्नभिन्न भूगोल र समुदायमा मनाउने प्रचलन रहेकाले नेपाली समाजमा सांस्कृतिक सहिष्णुताको राम्रो उदाहरणका रुपमा लिन सकिने बताएका छन् ।

थारु समुदायको माघी तथा मगर र अन्य समुदायको माघे संक्रान्ति ९मकर संक्रान्ति० पर्वका अवसरमा शुभकामना सन्देश दिँदै प्रचण्डले नेपाल भौगोलिक एवं सांस्कृतिक विविधताले भरिएको मुलुक रहेको बताएका छन् ।

ुयी चाडपर्वले नयाँ उमङ्ग र उत्साहका साथ एकआपसमा एकता र भाइचारा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्दै आएका पनि छन् । नेपाली समाज, राष्ट्रिय एकता र अखण्डताको जग बलियो बनाउन पनि यस्ता सांस्कृतिक पर्वहरुलाई आधार स्तम्भका रुपमा लिन सकिन्छ,ु प्रचण्डले भनेका छन् ।

ुविभिन्न समुदायका आफ्ना मौलिक पर्व एकातिर नेपाली समाजको एकताको प्रतिकका रुपमा उभिएका छन् भने अर्कोतिर सामाजिक सौहार्दता र सामुदायिक भावनाको विकास गराउने कारक तत्व पनि हुन्,ु उनले अगाडि भनेका छन् ।

प्रचण्डले कोरोना भाइरसको महामारीका कारण पर्वलाई उत्सवका रुपमा मनाउन नसकिएको उल्लेख गरेका छन् । ुयस महामारीबाट आफू र आफ्नो समाजलाई सुरक्षित गर्न र स्वास्थ्य सुरक्षाका सबै प्रकारका मापदण्डको पालना गरी चाडपर्व मनाउन सबैमा अपील गर्दै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा पुनः एकपटक सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु,ु उनले भनेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ