एमाले सुनसरीको अध्यक्षमा भण्डारी विजयी, इटहरी उपमहानगरका मेयर द्धारिकलालले ल्याए ८० मत

एमाले सुनसरीको अध्यक्षमा भण्डारी विजयी, इटहरी उपमहानगरका मेयर द्धारिकलालले ल्याए ८० मत

  • बिहिबार, पुस २९, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौं, २९ पुस । नेकपा एमाले सुनसरीको अध्यक्षमा रेवती रमण भण्डारी विजयी भएका छन् । भण्डारीले ९२० मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी खेमराज पोखरेल ७७५ मतमा पाए ।
अध्यक्षका अर्का प्रत्याशी इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीले भने जम्मा ८० मतमात्रै प्राप्त गरे ।

संविधानसभा सदस्य समेत रहेका भण्डारी सुनसरीका प्रभावशाली नेता मानिन्छन् । भीम आचार्यसँगको अन्तरविरोधका कारण उनी २०७४ सालमा प्रतिनिधिसभा सदस्यको टिकटबाट बन्चित भएपछि माधव नेपाल समूह छाडेर केपी ओली पक्षमा लागेका थिए ।

अध्यक्षमा पराजित भएका पोखरेल केही दिनअघिमात्र विवाद समाधानका लागि बनेको अन्तरिम जिल्ला कमिटीको अध्यक्ष थिए । उनी इनरुवा नगरपालिकाका पूर्व मेयर हुन् ।

सुनसरी जिल्ला कमिटीको उपाध्यक्षमा निलम खनाल निर्वाचित भएका छन् भने सचिवमा परशुराम यादव निर्विरोध भइसकेका थिए । उपसचिवमा राम कोइराला र योग्यराज खड्का निर्वाचित भएका छन् ।

विजयी र पराजित उम्मेदवारले पाएको मतपरिणाम हेर्नुस् ।

जम्मा मतदाता- १८०५

अध्यक्ष

रेवती भण्डारी – ९२०

खेमराज पोख्रेल – ७७५

द्वारिक लाल चौधरी -८०

उपाध्यक्ष

नन्दकुमार बस्नेत -७००

निलम खनाल – १०११

उप-सचिव

अन्जनीकुमार पोख्रेल – ४९७

अर्जुन गहतराज – २२९

पदमप्रशाद लिम्बु – ५२५

योग्यराज खड्का – ५६३

लहरुमाया जिमी – २४९

लोकेश निरौला – ४८४

राम कोइराला – ८२१

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ