एमाले कञ्चनपुरको अध्यक्षमा मेयर विष्ट प्यानल निर्वाचित

एमाले कञ्चनपुरको अध्यक्षमा मेयर विष्ट प्यानल निर्वाचित

  • बुधबार, पुस २८, २०७८
  • डम्मर दत्त भट्ट

  • 7K
    SHARES

कञ्चनपुर , पौष २८। नेकपा एमाले कञ्चनपुरको अध्यक्षमा मेयर सुरेन्द्र विष्ट प्यानल निर्वाचित भएको छ ।
एमाले कञ्चनपुरको ८औँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा पुरै विष्ट प्यानल निर्वाचित भएको हो ।
निर्वाचन समितिका सदस्य पुष्पराज ओझाका अनुसार बुधबार साँझ पदाधिकारीको मत गणना सम्पन्न भएको बताए । सुरेन्द्र विष्टले आफ्ना प्रत्यासी बिर बहादुर थापा९पातल०लाई हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन । उनका अनुसार विष्टले आफ्ना प्रत्यासी थापालाई ९८मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन । विष्टले २ सय ८१ र थापाले १ सय ८३ मत ल्याएका थिए । उपाध्यक्षमा लक्ष्मी बुढाले आफ्ना प्रत्यासी महेश पन्तलाई ४९मतको अन्तरले हाउँदै बुढा निर्वाचित भएकी छिन । बुढाले २ सय ५४ र पन्तले २ सय ५ मत ल्याएका थिए । सचिवमा भारी प्रतिस्पर्धा भएको छ । विष्ट प्यानलका तर्फबाट पल्लवराज भट्टले आफ्ना प्रत्यासी अशोक कुमार चन्दलाई ७ मतको हराउँदै सचिवमा निर्वाचित भएका छन । भट्टले २ सय ३३ र चन्दले २ सय २६मत ल्याएका थिए । उप सचिवमा दुवै विष्ट प्यानलकै निर्वाचित भएका छन । उप सचिवमा कर्ण बहादुर चन्दले सर्वाधिक मत ल्याएका छन । चन्दले सबैभन्दा बढि ३ सय ४७ मत ल्याएका छन । भने फैरु तामाङ्गले २ सय ९६ मत ल्याएका थिए । भने पातल प्यानलका शेर बहादुर चन्दले १ सय ९६ मत ल्याएका थिए । कुल ४ सय ९९ मतदाता मध्ये, ४ सय ७० मत खसेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ