एमाले अर्घाखाँचीका नेता आचार्यलाई कोरोना संक्रमण

एमाले अर्घाखाँचीका नेता आचार्यलाई कोरोना संक्रमण

  • बुधबार, पुस २८, २०७८
  • मिर्मिरे अनलाइन

  • 2.6K
    SHARES

अर्घाखाँची, २८ पुस । नेकपा एमाले अर्घाखाँचीका जिल्ला सहइन्चार्ज तथा पूर्व मन्त्री चेतनारायण आचार्यलाई कोरोना संक्रमण भएको छ ।

कोभिडसँग मिल्दोजुल्दो समस्या देखिएपछि गरिएको परीक्षणमा आचार्यलाई कोराना संक्रमण देखिएको पारिवारीक स्रोतले जानकारी दिएको छ ।

आचार्यमा कोरोना संक्रमण देखिएपनि स्वास्थ्य अवस्था भने सामान्य रहेको जनाइएको छ ।

नेता आचार्य पछिल्लो समय जिल्ला अधिवेशन लगायतका राजनीतिक कार्यक्रममा व्यस्त रहेका थिए ।

एमालेको जिल्ला अधिवेशनलाई सर्वसम्मत बनाउन सक्रिय बनेका आचार्यमा संक्रमण देखिएपछि अन्य नेता कार्यकर्ता पनि कन्ट्रयाक ट्रेसिङमा परेका छन् । यस अघि माओवादी केन्द्रको महाधिवेशनमा सहभागी भई फर्किएकी माओवादी केन्द्रकी नेतृ छमकुमारी खनाल चिनारी लगायतमा पनि कोभिड संक्रमण देखिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ