२८ पुष, काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा प्रतिनिधित्व गरेका राजनीतिक दलसँग सर्वदलीय बैठक आह्वान गरेको छ ।
आगामी माघ १२ गतेका लागि निर्धारण गरिएको राष्ट्रियसभा निर्वाचनका साथै स्थानीय तहको निर्वाचनबारे छलफल गर्न बैठक बोलाइएको आयोगका प्रमुख आयुक्त दिनेश थपलीयाले जानकारी दिनुभयो ।
बैठक शुक्रबार विहान ११ बजे बस्नेछ। “ सम्बन्धित राजनीतिक दलका अध्यक्ष वा राजनीतिक दलले सम्पर्कका निम्ति आयोगलाई उपलब्ध गराएका व्यक्तिलाई बैठकमा उपस्थित हुन पत्राचार गरेका छौँ”आयोगका प्रवक्ता शालिग्राम शर्माले भन्नुभयो । बैठकमा राष्ट्रिय सभा निर्वाचन र मतदाता नामावली अद्यावधिकबारे पनि छलफल हुने छ । प्रमुख निर्वाचन आयुक्त तथा आयुक्तहरूको उपस्थितिमा सर्वदलीय बैठक हुने छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline