धनगढी पुष २७ । पर्यटन मन्त्री प्रेम आले चढेको गाडीलाई गएराति कैलालीमा एक निजी कारले ठक्कर दिँदा दुर्घटना भएको छ । पर्यटन मन्त्री कैलाली विमानस्थलबाट कन्चनपुर तर्फ जाने क्रममा एयरपोर्ट मोडमा एक निजी कारले ठक्कर दिँदा दुर्घटना भएको हो । मन्त्री आले सहित सो गाडीमा सवार सबै सकुसल रहेपनि गाडीमा भने क्षति पुगेको प्रहरीले जनाएको छ ।
राति ८ बजेतिर बा ४ च १३७७ नम्बरको निजी कारले मन्त्री आले चढेको सुप प्रदेश ०१ ०० १ झ ३३३ गाडीलाई ठक्कर दिएको थियो ।
ठक्कर दिने कार र कारका चालक पवन कठायलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline