नयाँदिल्ली पुष २२ । बढ्दो कोरोना संक्रमणलाई ध्यान दिँदै अन्तिम समयमा भारतको गुजरामा हुने भाईब्रेन्ट गुजरात ग्लोबल समिट स्थगित भएको छ । पुष २६ र २७ मा हुने भनिएको उक्त समिट स्थगित भएपछि नेपालका प्रधानमन्त्री शेर बहादुर देउवाको भारत भ्रमण पनि रोकिएको छ ।
सम्मेलनका लागि व्यापक तयारी भइसकेको र ५ देशका राष्ट्रपति वा प्रधानमन्त्री साथै १५ जना विदेश मन्त्रीसहित उद्योगी, व्यवसायी र बैंकर्सहरु आउने सुनिश्चित भइसकेको थियो ।
यो समिटको नयाँ मिति तोकिने बताईएको छ । यो स्थगनको औपचारीक जानकारी नेपाललाई आउन बाँकी रहेको परराष्ट्र स्रोतले जनाएको छ ।
हिजो मात्रै प्रधानमन्त्री देउवाको भारत भ्रमणलाई मन्त्रीपरिषद्ले अनुमोदन गरेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline