पदाधीकारी छनौट गर्न माओवादी केन्द्रीय समितिको पहिलो बैठक बस्दै, को को पर्लान् पदाधीकारीमा ?

पदाधीकारी छनौट गर्न माओवादी केन्द्रीय समितिको पहिलो बैठक बस्दै, को को पर्लान् पदाधीकारीमा ?

  • सोमवार, पुस १९, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाडौं, १८ पुस । २३६ जना केन्द्रीय सदस्यको छनौट गर्दै आठौँ महाधिवेशन सम्पन्न भएको भोली पल्टै पदाधीकारी छान्न आज माओवादी केन्द्रीय समितिको बैठक बस्दैछ । बैठक सानेपा स्थित हेरिटेज प्लाजामा बस्दैछ ।
बैठकले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महासचिव सहित १५ पदाधीकारी छनौट गर्नेछ । अध्यक्षमा प्रचण्ड निर्विकल्प देखिन्छन् भने वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ हुने निश्चित देखिन्छ । त्यसपछि सबै भन्दा बढी चर्चा महासचिव को होला भन्नेमा रहेको छ । महासचिवमा कृष्ण बहादुर महरा, जनार्दन शर्मा, वर्षमान पुन, पम्फा भुषाल लगायत अन्य पनि आकांक्षी रहेका छन् ।
आज प्रचण्डले पदाधीकारीको नाम पेश गर्ने र छलफलपछि बैठकले अनुमोदन गर्ने एक नेताले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ