काठमाडौँ पुष १४ । ठगी मुद्दामा पक्राउ परेका व्यवसायी तथा पूर्वसांसद इच्छाराज तामाङ जेल चलान भएका छन् । बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालाको इजलासले तामाङ र केशवलाल श्रेष्ठलाई थुनामा पठाउन आदेश दिएको छ ।
सिभिल ग्रूपका पूर्वअध्यक्ष तामाङसहित ४२ जनालाई ५ अर्ब ६७ करोड ५५ लाख २४ हजार ३ सय ७९ रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले मुद्धा चलाएको थियो ।
मुद्दाको अन्तिम टुंगो नलागेसम्म तामाङ थुनामै रहनेछन् । तामाङ, उनकी पत्नी र छोरीसहित ४२ जनाविरुद्ध ठगी मुद्दा दायर भएको थियो।
सिभिल सेभिङ एवं क्रेडिट को–अपरेटिभमा बचतकर्ताहरूको रकम हिनामिना गरेको भन्दै सिआइबीले असोज १८ गते तामाङलाई पक्राउ गरेको थियो । तामाङ एमालेका पूर्व सांसद समेत हुन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline