नेपाली युवती बेच्न लैजाँदै गर्दा दुई भारतीय पक्राउ, शसस्त्रले युवतीको उद्धार गर्यो

नेपाली युवती बेच्न लैजाँदै गर्दा दुई भारतीय पक्राउ, शसस्त्रले युवतीको उद्धार गर्यो

  • बुधबार, पुस १४, २०७८
  • डम्मर दत्त भट्ट

  • 21.2K
    SHARES

कञ्चनपुर, १४ । विभिन्न बहाना बनाएर नेपाली चेलीलाई भारत बेच्न लगिरहेको अवस्थनमा सशस्त्र प्रहरीले दुई भारतीय युवकलाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरीले कञ्चनपुरको पुर्नवास नाकाको डोकेबजार गौरीफन्टाबाट भारत लगिरहेकी एक नेपाली युवतीको उद्दार गरेको हो ।
सशस्त्र प्रहरी बल ३५नम्बर गण शैलेश्वरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक बिरेन्द्र ऐरले कैलाली चम्कीचुवा नगरपालिका १ थकालिपुर बस्ने १९की किरण रावतलाई ललाईफकाई भारत लगिरहेको अवस्थामा उद्दार गरिएको बताए । रावतलाई ललाई फकाई भारत लैजाने दुई भारतीय नागरिक पक्राउ परेका छन । भारतको हरियाणा बस्ने चिराग दुग्गल र राजिस्थान बस्ने अरुण कुमारलाई पक्राउ गरिएको छ । सशस्त्र प्रहरीले थप कार्बाहीका लागि युवकलाई जिल्ला प्रहरी कार्यालय कैलाली र किशोरीलाई शान्ति पूर्नस्थापना गृहमा पठाएको छ । सशस्त्र प्रहरीले सीमा क्षेत्रका चनाखो हुँदा एक नेपाली युवतीले दलालको चुङगोलबाट उन्मुक्ति पाएकी छन् ।
द्यजबत

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी