माओवादीको आठौँ राष्ट्रिय महाधिवेशनमा सबै भन्दा वृद्धा प्रतिनिधि ८६ वर्षीय मैनाली, भन्छन् परिवर्तन माओवादीबाट मात्रै संभव छ

माओवादीको आठौँ राष्ट्रिय महाधिवेशनमा सबै भन्दा वृद्धा प्रतिनिधि ८६ वर्षीय मैनाली, भन्छन् परिवर्तन माओवादीबाट मात्रै संभव छ

  • सोमवार, पुस १२, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

कमलादीस्थित प्रज्ञा भवनको परिसर । हातमा क्लियर ब्याग, गलामा गलबन्दी र शिरमा ढाका टोपी । घाटीमा महाधिवेशन प्रतिनिधिको कार्ड । उमेर नौ दशक उक्लने तयारी अर्थात् ८६ वर्ष ।

नुवाकोटको तादी गाउँपालिका– ७ का पत्तबहादुर मैनालीको सामान्य हुलिया हो यो । नेकपा ९माओवादी केन्द्र०को आठौँ महाधिवेशनमा सहभागी हुन नुवाकोटको सुन्दरादेवीबाट काठमाडौँ आउनुभएका मैनाली एकै क्षण महाधिवेशन स्थलमा राखिएको जनयुद्धकालीन तस्विरमा टक्क अडिनुभयो ।

जनयुद्धकालका नेता तथा माओवादी लडाकुको तस्विर हेर्नुभयो । “हाम्रो इतिहास है यो, नेपालको राजनीतिक परिवर्तनको इतिहास”, आफ्नै शुरमा मैनालीले प्रतिक्रिया जनाउनुभयो । अनि महाधिवेशनको फ्लेक्स अगाडि उभिएर हल्का मुस्कुराउनुभयो । यो दृश्य नियालीरहेका राससकर्मी उहाँको अगाडि पुगेर नमस्कार ग¥यो र सोध्यो, “बुबा तपाई पनि महाधिवेशन प्रतिनिधि हो रु” गलामा झुण्ड्याएको कार्ड देखाउँदै उहाँले भन्नुभयो, “हो म ज्येष्ठ कम्युनिस्ट मञ्चका तर्फबाट महाधिवेशन प्रतिनिधि । ”

असाध्यै फुर्तिका साथ उहाँ रासससँग कुराकानी गर्न तयार हुनुभयो । “युवा नेताको जस्तै युवा जोश र जाँगर छ मसँग, देशमा ठोस परिवर्तन होस् र राजनीतिक स्थायित्व होस् भन्ने कामना छ”, उहाँले भन्नुभयो, “कम्युनिस्ट आन्दोलनलाई अझै नयाँ उचाइमा पु¥याउने धोको पनि छ ।” त्यही धोको बोकेर नेकपा९माओवादी केन्द्र०को आठौँ महाधिवेशनमा सहभागी हुन आएको उहाँले सुनाउनुभयो ।

बुढेशकालमा किन आउनुभएको त तपाई रु महाधिवेशनबाट के अपेक्षा गर्नुभएको छ भन्ने राससको प्रश्नमा मैनाली भन्नुहुन्छ, “देशमा हालसम्म भएका सबै राजनीतिक परिवर्तनको नेतृत्वकर्ता माओवादी पार्टी हो, यो पार्टीलाई अझै समृद्ध बनाउने धोको राखेर महाधिवेशमा सहभागी हुन आएको हुँ ।”

माओवादीले पार्टीमा युवा, वयस्क र ज्येष्ठ उमेर समूहको समिश्रण गर्ने लक्ष्य राखेको छ । वृद्धको अनुभव र ज्ञान, युवाको जोश अनि वयस्कको सुझबुझपूर्ण नेतृत्वलाई एकैसाथ अगाडि बढाउने लक्ष्य राखिएको छ । पार्टीमा पहिलो पटक २० प्रतिशत युवालाई सहभागी गराउने लक्ष्य राखेको माओवादीमा अरु युवा जस्तै काम गर्न सक्छु भन्ने जोश आफूमा रहेको मैनालीको भनाइ छ ।

पुसको चिसोमा पनि उस्तै जाँगरका साथ कमलादीमा महाधिवेशनको फ्लेक्स अगाडि उभिएर मैनाली भन्नुहुन्छ, “मुलुकको मुक्ति माओवादीबाट मात्रै सम्भव छ ।” कता कता रुमल्लिँदा माओवादीले बाटो बिराए जस्तो, एजेण्डा हराए जस्तो लागेको टिप्पणी गर्दै मैनाली यस महाधिवेशनबाट पार्टीमा सुधार आउने विश्वास व्यक्त गर्नुहुन्छ ।

सहमतिबाट नै नेतृत्व चयन होस् भन्ने उहाँको चाहना छ । नेपालमा विसं २००७ मा राणा शासनको अन्त्य भए पनि त्यसको प्रभाव लामो समयसम्म रहेको र त्यसलाई माओवादी जनयुद्धले समूल अन्त्य गरिदिएको मैनालीको भनाइ छ । गाउँगाउँबाट राजनीतिक चेत र जागरण ल्याउने काम माओवादी जनयुद्धले गरेको बताउने मैनाली महाधिवेशनपछि माओवादी अझै इस्पातिलो भएर आउने विश्वास व्यक्त गर्नुहुन्छ । जनयुद्धमा भएको बलिदानको मूल्य स्थापित गराउन माओवादी नेतृत्वले दृढताका साथ पहल गर्नुपर्ने उहाँको सुझाव छ ।

राष्ट्रियताको मुद्दामा स्पष्ट भएर अगाडि बढ्न पार्टी नेतृत्वलाई सुझाव दिनुभएका मैनाली जनताको विश्वास तथा साथलाई भने नङ र मासु जस्तै कायम राख्नुपर्ने बताउनुहुन्छ । उहाँले भन्नुभयो, “जनता माओवादीको पक्षमा छ, केही मानिसले गलत गर्ने प्रयास गरे, त्यसलाई सच्याएर अगाडि जानुपर्छ ।” जनताको परिवर्तनको एजेण्डालाई अगाडि बढाउने तागत माओवादी पार्टीमा नै रहेको भन्दै उहाँ पार्टी छाडेर गएकालाई समेत मूल घरमा फर्कन आग्रह गर्नुहुन्छ ।

मैनालीले ऐतिहासिक सन्दर्भ जोड्दै भन्नुभयो, “नेपालमा राजतन्त्रको अन्त्य गर्ने माओवादी हो, जनताको मुक्तिका लागि लड्ने पनि माओवादी नै हो, अब थप स्पष्ट एजेण्डाका साथ अगाडि बढेर विकास र समृद्धिको नेतृत्वसमेत गर्नुपर्छ ।” उहाँले कसैले के भन्ला भन्ने नहेरिकन माओवादी अगाडि बढ्नुपर्ने बताउनुभयो । देशको समग्र एजेण्डा माओवादीको भए पनि न खासरुपमा नेतृत्व गर्न नपाउँदा कताकता हराए जस्तो भए पनि पार्टीले आफ्नो धरातल सम्झिए अझै पनि केही बिग्रिनसकेको उहाँको भनाइ छ ।

नेताहरुलाई जनताका बीचमा जान, शहीद, बेपत्ता, घाइतेको अवस्था बुझ्न तथा गरिखाने तल्ला वर्गको पक्षमा उभिन मैनाली सुझाव दिनुहुन्छ । “म यो उमेरमा त केही हुन्छ भनेर लागेको छु भने नेताहरुले यसमा ध्यान दिनु पर्दैन”, उहाँँले भन्नुभयो, “नीति, कार्यक्रम र स्पष्ट एजेण्डाका साथ अगाडि बढे असफलता भन्ने शब्द नै शब्दकोषमा भेटिन्न ।”

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी