नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको दोस्रो राष्ट्रिय महाधिबेशनको दोस्रो दिन आजदेखि बन्द शत्र शुरु भएको छ । बन्दसत्रमा पार्टीका अध्यक्ष प्रचण्ड’ को राजनीतिक प्रतिवेदन, विधानलगायतका अन्य प्रतिवेदन पेश हुने कार्यक्रम छ ।
सो राजनीतिक प्रतिवेदनमाथि सामूहिक छलफल हुने जनाइएको छ । बन्दसत्रमा कूल एक हजार ६३१ प्रतिनिधि तथा पर्यवेक्षक सहभागी छन् ।
माओवादीको आइतबार बिहान बसेको केन्द्रीय समितिको बैठकले १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचन गर्ने निर्णय गरेको थियो ।
राजनीतिक प्रतिवेदन, विधान पारितसँगै नयाँ नेतृत्वको चयन गर्ने कार्यसूची रहेको छ ।
प्रचण्डको प्रतिवेदनमा समाजवादी क्रान्तिको आधार तयार पार्ने, पार्टी रुपान्तरण गर्ने लगायतका बिषय समुहगत रुपमा छलफलपछि सुझाव दिईने छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline