काठमाडौं, १२ पुस । पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले नेकपा ०माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुको प्रशंसा गरेका छन्।
काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आइतबार आयोजित माओवादीको आठौं महाधिवेशन उद्घाटन समारोमा प्रचण्डले आलोचना नगरी संक्षिप्त र तर्कयुक्त विचार राखेको भन्दै गौतमले वक्तव्य जारी गरी उनको प्रशंसा गरेका हुन् ।
सचिवालयमार्फत गौतमले जारी गरेको वक्तव्यमा भनिएको छ, ुउहाँको मन्तव्यमा एउटा पनि दुर्वचन थिएन । कतिपय पार्टीका नेता दुर्वचनबाट आफ्नो मन्तव्य सुरु गर्छन् र दुर्वचनबाटै मन्तव्य अन्त्य गर्छन् । उनको तुलनामा प्रचण्ड एकदमै सुसंकृत र भव्य देखिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline