माओवादीको महाधिवेशनः ओलीलाई प्रचण्डले फोनै गरेर दिए निम्तो, सभापति देउवा सहित नेता उपस्थित हुँदै

माओवादीको महाधिवेशनः ओलीलाई प्रचण्डले फोनै गरेर दिए निम्तो, सभापति देउवा सहित नेता उपस्थित हुँदै

  • आइतवार, पुस ११, २०७८
  • मिर्मिरे अनलाइन

  • 11.5K
    SHARES

नेकपा माओवादी केन्द्रको ८ औँ राष्ट्रिय महाधिवेशन आज शुरु हुँदैछ । अपरान्ह ३ बजे प्रज्ञा भवन कमलादीमा शुरु हुने महाधिवेशनमा अन्य दलका नेताहरुलाई पनि अतिथिका रुपमा निम्तो दिईएको छ । पार्टी अध्यक्ष प्रचण्डले फोन नै गरेर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई महाधिवेशनमा उपस्थित हुन निम्तो दिएका छन् । तर झापामा भएकाले आफू आउन नसक्ने भन्दै महासचिव शंकर पोखरेललाई पठाउने जनाउ दिएका छन् ।
गत वर्ष पुष ५ मा संसद विघटन हुँदै दुई नेताबीच तिक्तता बढ्दै आएका बेला प्रचण्डले ओलीलाई टेलिफोन गरेका हुन् ।
आज माओवादी महाधिवेशनमा काँग्रेस सभापति एवं प्रधानमन्त्री शेर बहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव लगायत दलका नेताहरु उपस्थित हुने निश्चित भएको छ ।
राष्ट्रिय सम्मेलनलाई महाधिवेशनका रुपमा अचानक गर्ने निर्णय भएको र सो बमोजिम व्यवस्थापनको काममा ढिला हुँदा माओवादीको महाधिवेशन दुई घण्टा ढिलो शुरु हुन लागेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी