विप्लव नेतृत्वको नेकपा भित्र असन्तुष्टी जनाउदै संघर्ष गर्दै आएपनि त्यसको संवोधन नभएपछि सो पार्टीका दर्जनौँ नेता कार्यकर्ता र पत्रकारहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
क्रान्तिकारी पत्रकार संगठनका पूर्व अध्यक्ष जाजरकोटका लाल प्रभात चलाउने, अछामका घाईते योद्धा एवं संवाद डबलीका अध्यक्ष दिपेन्द्र रावल , जाजरकोटका दिप बहादुर घर्ती, भौतिक मल्ल सहितको समुह माओवादी केन्द्र प्रवेश गरेका हुन् ।
पार्टी भित्र कार्यविभाजनप्रति असहमति जनाउदै उनीहरुले यस अघि संघर्ष गर्दै आएका थिए । पछिल्लो समय विप्लवसहित अन्य नेतासँग समेत छलफल गरेपनि माग संवोधन नभए पछि क्रान्तिकारी पत्रकार संगठनमा आवद्ध र अन्य नेता कार्यकर्तालाई माओवादी केन्द्रमा समायोजन गरेका हुन् ।
शनिबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सो टिमलाई स्वागत गरेका थिए ।
उनले मुलघरमा फर्किएका नेता कार्यकर्ताहरुलाई धन्यवाद भन्दै सबै क्रान्तिकारी कम्युनिष्ट घट्टकहरु एक भएर जानु पर्ने बताएका थिए ।