नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन आजबाट शुरु हुँदैछ । हिजो साँझ मात्रै माओवादीले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय गरेको थियो । सो निर्णयलाई आज बिहान बस्ने केन्द्रीय समितिको बैठकले अनुमोदन गर्नेछ ।
राष्ट्रिय महाधिवेशनमा १५ सय भन्दा बढी देशभरबाट प्रतिनिधिहरु सहभागी हुने छन् ।
आज १ बजे उद्घाटन भनिए पनि केही ढिलो गरी शुरु हुने एक नेताले बताए ।
राष्ट्रिय सम्मेलनका नाममा तयार भएको ब्यानर, कार्ड परिवर्तन गर्नु पर्ने भएकाले त्यसलाई फेर्न लगाईएको छ ।
प्रज्ञा भवनमा शुरु हुने यो महाधिवेशनले मुख्य नेतृत्वमा प्रचण्डलाई निरन्तरता दिनेछ भने महासचिव सहित अन्य पदाधीकारी पनि चयन गर्नेछ ।
२०६९ सालमा हेटौडामा माओवादीले सातौँ राष्ट्रिय महाधिवेशन गरेको थियो ।
यस महाधिवेशनले प्रचण्डले प्रस्तुत गर्ने समाजवादी क्रान्तिको अवधारणा, पार्टीलाई बलियो र रुपान्तरीत बनाउने प्रस्तावलाई आवस्यक सुझाव पछि अनुमोदन गर्नेछ ।