आगोसँग खेल्दा ओली बालुवाटारबाट बालकोट हुँदै सबै प्रदेश सरकारबाट बढारिए : प्रचण्ड

आगोसँग खेल्दा ओली बालुवाटारबाट बालकोट हुँदै सबै प्रदेश सरकारबाट बढारिए : प्रचण्ड

  • शुक्रबार, पुस ९, २०७८
  • मिर्मिरे अनलाइन

  • 16.7K
    SHARES

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष ओलीलाई लक्षित गर्दै आउने चुनावले कुन पार्टीको हालत के हुने भन्ने देखाउने बताएका छन्।
आज त्रिपुरेश्वरमा काठमाडौंमा आयोजित पार्टी एकीकरण कार्यक्रमा प्रचण्डले कसैले अहिले धाक धम्की दिए पनि चुनावले वास्तविकता देखाउने बताए ।
उनले आफूले माओवादी आगो भएको भन्दै आगोसँग नखेल्न आग्रह गर्दा अटेर गरेको भन्दै आगोसँग खेल्दा ओली बालुवाटारबाट बालकोट पुगेको र सबै प्रदेश सरकारबाट च्युत भएको बताए ।
केपी ओली प्रतिगमनकारी भएको प्रचण्डले दोहोर्याए । आगामी चुनाव सम्म गठबन्धनलाई बलियो बनाउदै लैजानु पर्ने पनि प्रचण्डको आग्रह छ । निरन्तर प्रतिगमनको खतरा रहेकाले अझै पनि सबै कम्युनिष्टहरु र लोकतान्त्रिक शक्तिबीच अझै मजबुद एकताको खाँचो रहेको उनले औँल्याए ।

एमालेलाई अवसरवादीको संज्ञा दिँदै अहिले अवसरवादीहरु पार्टी प्रवेशका नाममा गाँउ गाँउमा शिला खोज्दै हिँडेको भन्दै सुनारेको सय चोट लोहारेको एकै चोट भन्ने माओवादीले स्पष्ट गर्दै जाने उनको भनाई छ । अब फेरी पनि संगठन बनाउदै अघि बढ्ने र आफूहरुले फेरी जीत्ने र नयाँ समाजवादी नेपाल बनाउने बताए ।
आजको एकीकरण कार्यक्रममा मशालबाट बिद्रोह गरी बनेको नेकपा मसाल सम्पर्क केन्दका नेता कार्यकर्तालाई प्रचण्डले स्वागत गरेका थिए ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ