माओवादीको राष्ट्रिय सम्मेलनः महासचिवका आकांक्षी बढ्दैै, के होला त निर्वाचन ?

माओवादीको राष्ट्रिय सम्मेलनः महासचिवका आकांक्षी बढ्दैै, के होला त निर्वाचन ?

  • शुक्रबार, पुस ९, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

शान्ति प्रकृयामा आएको १५ वर्ष पछि नेकपा माओवादी केन्द्र भित्र खुलेर नेतृत्वमा दावी गर्ने र निर्वाचनबाटै चुनिने विधि संभवत पहिलो पटक अभ्यास थालेको छ । बागमती प्रदेश, प्रदेश नं १ को पदाधीकारीको निर्वाचनबाट हालै नेतृत्व चयन भएका छन् ।
आँउदो पुष ११ गतेदेखि १३ गते सम्म हुने राष्ट्रिय सम्मेलन पनि नेता भन्दा नीतिमा केन्द्रीत हुने माओवादीले जनाएको छ ।
तर यस पटक बहुपदमा जाने तयारी गरेको माओवादीले अध्यक्षमा प्रचण्डको विकल्प नदेखेपनि त्इस भन्दा पछिका नेतृत्वहरुमा भने आकांक्षीहरुको चाहना बढेको देखिएको छ ।
माओवादीमा अध्यक्ष पछिको सांगठनिक हिशाबले शक्तिशाली ठानिएको महासचिव पदमा आकांक्षीको संख्या बढेको देखिएको छ । महासचिवमा कृष्ण बहादुर महरा,जनार्दन शर्मा, वर्षमान पुन, गिरीराजमणि पोखरेल, पम्फा भुषाल लगायतकाले चाहना व्यक्त गरेका छन् ।
उच्च स्रोतका अनुसार अध्यक्ष प्रचण्ड नेतृत्व सर्वसम्मत नै गर्दा राम्रो हुने मनशायमा रहेका छन् । तर दोस्रो तहका कतिपय नेताले निर्वाचन गरेर नेतृत्व छान्नु पर्ने भन्दै आकांक्षा देखाउन थालेका छन् ।
यदी सहमतिमा नेतृत्व चयन हुन नसके निर्वाचनबाटै भए पनि नेतृत्व चयन हुने नेता लिलामणि पोखरेलले बताए ।
अहिले टिके प्रथा हटाउनु पर्ने र निर्वाचनबाट नेतृत्व चयन हुनु पर्ने भन्दै तल्लो स्तरबाट पनि माग भएको देखिन्छ । तर अध्यक्ष बाहेकको पदमा निर्वाचन हुने या नहुने भन्ने माओवादीले आधिकारीक रुपमा भने अहिले कुनै निर्णय गरीसकेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ