माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनमा १५ सय ३३ प्रतिनिधि सहभागी हुने

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनमा १५ सय ३३ प्रतिनिधि सहभागी हुने

  • बुधबार, पुस ७, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

काठमाडौं, ७ पुस । माओवादी केन्द्रले आफ्नो प्रथम राष्ट्रिय सम्मेलनमा एक हजार ५३३ प्रतिनिधि सहभागी हुने जानकारी दिएको छ ।

माओवादी प्रवक्ता तथा प्रचार विभाग प्रमुख कृष्णबहादुर महराले बुधबार पत्रकार सम्मेलन गरेर दिएको जानकारीअनुसार ११ पुसबाट सुरु हुने राष्ट्रिय सम्मेलनमा एक हजार ५३३ प्रतिनिधि सहभागी हुनेछन् ।

सम्मेलनमा आयोजकबाट १७९, सल्लाहकारबाट १४९, ज्येष्ट कम्युनिष्ट सदस्यबाट १२५, पार्टीको आयोगबाट ७५, केन्द्रीय विभागबाट १०२, केन्द्रीय प्रतिनिधि २७, प्रदेश प्रतिनिधि ९०८ र पाँच प्रतिशत मनोनीतबाट ७३ जना गरी एक हजार ५३३ जना सहभागी हुने प्रवक्ता महराले जानकारी दिए ।

राष्ट्रिय सम्मेलनबाट ११(१३ पुससम्मका लागि तोकिए पनि एक दुई दिन लम्बिन सक्ने जानकारी दिएका उनले सम्मेलनको तयारी भइसकेको बताए ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीति प्रतिवेदन तयार पारिरहेका उनले बताए । सो प्रतिवेदन स्थायी कमिटीमा छलफल हुने छ । उनले राष्ट्रिय सम्मेलनबाट क्रान्तिकारी पार्टी र विचार निर्माण गर्ने बताए ।

ठूलो पार्टीबाट माओवादी सानो हुँदा संसदीय राजनीतिमा भोगेका विषयमा समीक्षा हुने जानकारी दिएका उनले यसमा आफू कमीकमजोरी औँल्याउने बताए । साथै सम्मेलनले पार्टीलाई एकढिक्का बनाउने उनको विश्वास छ ।

१५ सय ३३ जना सहभागी हुने महाधिवेशनका लागि अहिले काठमाडौं छिर्ने स्थानमा मुख्य द्वार निर्माण भइरहेको, आकाशे पुलमा गेट, ब्यानर राख्ने काम भइरहेको उनले जानकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी