नेकपा एमाले मात्रै हो देश बनाउने पार्टी : ओली

नेकपा एमाले मात्रै हो देश बनाउने पार्टी : ओली

  • मङ्लबार, पुस ६, २०७८
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले मात्रै यो देश बनाउने पार्टी भएको दाबी गरेका छन् । उनले कपिलबस्तुमा आयोजित जनसभालाई संवोधन गर्दै काँग्रेस हजुरबाको ईतिहास सुनाउने र माओवादी क्रान्तिको नाममा उत्पात मच्चाउने शक्ति भएको ब्यग्य गरे ।
काँगेस र माओवादीको नाम नलिईकन उनले त्यो संकेत गरेका हुन् ।
उनले अबको निर्वाचनमा जनताले भ्रम फैलाउने सबैलाई जवाफ दिएर फर्काउने चेतावनी दिए ।
प्रचण्ड र माधव नेपालप्रति लक्षित गर्दै उनले कम्युनिष्ट पार्टी फुटाएर काँग्रेसको नेतृत्वमा निकम्मा र षड्यन्त्रकारी सरकार बनाएको आरोप लगाए ।
एमालेले गरेको विकास देखेर अन्य पार्टीको सातो गएको ओलीको जिकिर छ ।

ओलीले नेपालको जमिन बाँझो राखी भारतलाई पानी दिन नसकिने बताए । ‘यता नेपालतर्फको जमिन बाँझो छ । उता भारततर्फ नेपालको पानीले सिँचाइ भई खेती भएको छ,’ ओलीले भने । कपिलवस्तुमा सिँचाइको लागि नौमुरे जलाशय परियोजना आवश्यक रहेको बताए ।

सभालाई सम्बोधन गर्दै एमाले महासचिव शंकर पोखरेलले आगामी निर्वाचनमा एमालेले स्पष्ट बहुमत ल्याउने दाबी गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ