निक्षेप बढेसँगै सिडी रेसियोमा सुधार, अन्तर बैंक ब्याजदर पनि घट्यो

निक्षेप बढेसँगै सिडी रेसियोमा सुधार, अन्तर बैंक ब्याजदर पनि घट्यो

  • सोमवार, पुस ५, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

काठमाडौं, ५ पुस। बैंक तथा वित्तीय संस्थामा निक्षेप वृद्धि हुन थालेपछि कर्जा-निक्षेप अनुपात (सिडी रेसियो) मा सुधार आएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार गत शुक्रबारसम्ममा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेप १४ अर्व रुपैयाँ वृद्धि भई ४८ खर्व ६ अर्व रुपैयाँ पुगेको छ ।
यसमध्ये बैंकहरूसँग ४२ खर्व ३४ अर्व र अन्य बैंक तथा वित्तीय संस्थाहरूसँग पाँच खर्व ७१ अर्व निक्षेप रहेको छ ।

निक्षेप बढेपछि बैंकहरूको सिडी रेसियोमा पनि केही सुधार आएको छ । शुक्रबारसम्ममा बैंकहरूको औसत सिडी रेसियो ९१ दशमलव १४ प्रतिशतमा झरेको छ ।

निक्षेप वृद्धिसँगै अन्तरबैंक ब्याजदर पनि घटेको छ । शुक्रबार अन्तरबैक ब्याजदर ४ दशमलव ८६ प्रतिशतमा झरेको छ ।

बैंकहरूमा निक्षेप वृद्धिसँगै कर्जा लगानी पनि बढेको छ । कर्जा लगानी ११ अर्व रुपैयाँले वृद्धि भई ४६ खर्व २ अर्व पुगेको राष्ट्र बैंकले जनाएको छ । बजारमा तरलता अभाव भएसँगै बैंकहरूले अत्यावश्यक बाहेकका कर्जा लगानी भने रोकेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी