स्वाबलम्बन लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका, १५ पुसमा साधारणसभा

स्वाबलम्बन लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका, १५ पुसमा साधारणसभा

  • सोमवार, पुस ५, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

काठमाडौं, ५ पुस । स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज सोमबार अन्तिम दिन रहेको छ । संस्थाले साधारणसभाका लागि ६ पुसमा बुकक्लोज गर्दैछ । नेप्सेमा आजसम्म कारोबार भएर कायम रहेका सेयरधनीले मात्र लघुवित्तको सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

लघुवित्तले सेयरधनीलाई वितरण गर्ने २५ प्रतिशत लाभांश प्रस्ताव पारित गर्न १५ पुसमा २०औँ वार्षिक साधारणसभा बोलाएको छ ।

सभामा चुक्ता पूँजी वृद्धि गरी १ अर्ब १२ करोड २१ लाख ७० हजार रुपैयाँ कायम गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु पारित हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ