लाभांश प्रस्ताव पारित गर्ने एजेण्डासहित एनसीसी बैंकले बोलायो साधारणसभा

लाभांश प्रस्ताव पारित गर्ने एजेण्डासहित एनसीसी बैंकले बोलायो साधारणसभा

  • आइतवार, पुस ४, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

काठमाडौं, ४ पुस । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड एनसीसीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न २९ पुसमा वार्षिक साधारणसभा बोलाएको छ ।

बैंकले होटल हार्दिक, बागबजारमा बिहान ११ बजे सभा आह्वान गरेको हो । सभा भर्चुअल माध्यमबाट सम्पन्न हुनेछ।

सभामा बैंकको हाल कायम चुक्ता पुँजीको आठ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ ।

अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिशन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित हुनेछ।

साधारणसभा प्रयोजनको लागि बैंकले १२ पुसमा एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । यसर्थ, ११ पुससम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीले मात्र बैंकको सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ