महालक्ष्मी विकास बैंकले २५ पुसमा बोलायो साधारणसभा, २१ प्रतिशत बढी लाभांशको प्रस्ताव पारित हुने

महालक्ष्मी विकास बैंकले २५ पुसमा बोलायो साधारणसभा, २१ प्रतिशत बढी लाभांशको प्रस्ताव पारित हुने

  • आइतवार, पुस ४, २०७८
  • मिर्मिरे अनलाइन

  • 2.9K
    SHARES

काठमाडौं, ४ पुस । महालक्ष्मी विकास बैंकले २५ पुसमा साधारणसभा बोलाएको छ । बैंकले लाभांश प्रस्ताव पारित गर्ने मूख्य एजेण्डासहित आर्मी अफिसर्स, भद्रकाली काठमाडौंमा विहान ११ बजे सभा आह्वान गरेको हो ।

सभामा बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई वितरण गर्ने २० प्रतिशत बोनस र कर प्रयोजनको लागि एक दशमलव ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश हुनेछ । कम्पनीको आर्थिक वर्ष २०७७/७८ को नाफा-नोक्सानसम्बन्धी छलफल हुनेछ । आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा छ । यस्तै, बैंककले अन्य कुनै वित्तीय संस्थामा गाभ्न-गाँभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने, तीन जना सञ्चालकको निर्वाचन गर्ने लगायतका एजेण्डा छन् ।

सभा प्रयोजनार्थ बैंकले १३ पुसमा बुक क्लोज गर्नेछ । यसअनुसार, १३ पुससम्म नेप्सेमा कायम रहेका सेयरधनीले मात्र बैंकले वितरण गर्ने लाभांश पाउनेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ